Logo

एसइईको पुरक परिक्षा साउन १८ र १९ गते हुँदै, एक लाख १५ हजारले परिक्षा दिन पाउने

काठमाडौं– माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक भएको छ । परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् ।

बाँकी ५२.१४ प्रतिशत अर्थात् दुई लाख ४२ हजार परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् । तीमध्ये २ वटा विषयमा एनजी ल्याउने एक लाख १५ हजार ८३४ जनाले मौका परीक्षा दिन पाउने राष्ट्रिय परिक्षा बोर्डले जनाएको छ । जसमा ४८ हजार ३८ विद्यार्थीको एक विषयमा एनजी आएको छ भने ६७ हजार ८०० विद्यार्थी दुई विषयमा एनजी आएको छ ।

उक्त ग्रेड वृद्धि परीक्षा साउन १८ र १९ गते हुने भएको छ । दुई विषयमा एनजी आएका विद्यार्थीहरूले साउन १८ गते र १९ गते हुने परीक्षामार्फत ग्रेड वृद्धि परीक्षा दिन पाउने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले बताए । ग्रेड वृद्धि परीक्षा दिंदा पनि ३५ प्रतिशत अंक ल्याउन नसकेका परीक्षार्थीले अर्को वर्ष एनजी लागेको विषयमा मात्र परीक्षा दिन पाउने उनले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्