Logo

एसइईमा गणित विषयमा एनजी ल्याउने सबैभन्दा धेरै

काठमाडौं– माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा सबैभन्दा बढी गणित विषयमा विद्यार्थीहरू फेल भएका छन् । आज सार्वजनिक भएको एसईईको नतिजा अनुसार विगतका वर्ष झै यो वर्ष पनि गणित विषयमा सबैभन्दा बढी विद्यार्थीले एनजी ल्याएका छन् ।

बोर्डको तथ्याङ्क अनुसार एक लाख लाख ७७ हजार ९८५ विद्यार्थीको गणित विषयमा एनजी भएका छन् । २०७९ सालको एसईईको नतिजा अनुसार गणित विषयमा एक लाख ८८ हजार ९४ विद्यार्थीको ई ग्रेड आएको थियो ।

१ लाख १ हजार ३८३ विद्यार्थी अंग्रेजी विषयमा एनजी भएका छन् । त्यस्तै १ लाख २६ हजार ९३३ एनजी विज्ञानमा एनजी भएका छन् । सामाजिक अध्ययनमा ७३ हजार ८७७ विद्यार्थी एनजी भएका छन् । भने अर्थशास्त्रमा ६९ हजार ४१६ विद्यार्थी एनजी भएका छन् ।

यस वर्ष दुई लाख ४२ हजार परीक्षार्थीको एसइईमा एनजी आएको छ । विगत वर्षको तुलनामा नतिजा बढेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले बताए । विगतका वर्षहरूमा गणित, विज्ञान र अंग्रेजी विषयमा धेरै विद्यार्थी फेल हुने गरेका थिए । त्यो क्रम अहिले पनि निरन्तर चलेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्