काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीले आफूहरूको सदन बहिष्कारलाई लोकतान्त्रिक अभ्यासविरुद्धको कदमको रूपमा चित्रण गर्न खोजिएको भन्दै आपत्ति जनाएको छ। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा रास्वपा सांसद निशा डाँगीले सरकारले आफूहरूले सदनमा गरिरहेको आन्दोलन र बहिस्कारलाई लोकतान्त्रिक अभ्यासविरुद्धको कदम भनेर चित्रण गर्न खोजेका भन्दै आपत्ति जनाइन्। उनले संसद् बहिष्कार कुनै संविधान विरोधी अभ्यास नभएको र लोकतन्त्रभित्रको असहमतिको औपचारिकशैली…