रविलाई थुनामै राख्ने जिल्लाको आदेशविरुद्ध निकिताले उच्च अदालतमा हालिन् रिट, ओली र गगनविरुद्ध आक्रोश

काठमाडौं - रास्वपा सभापति रवि लामिछाने पत्नी निकिता पौडेलले उच्च अदालत बुटवलमा रिट निवेदन दर्ता गरेकी छन् । जिल्ला अदालत रुपन्देहीले थुनामै बसेर मुद्दाको पुर्पक्ष गर्ने आदेश बदरको माग गर्दै निकिताले सोमबार उच्च अदालतमा रिट हालेकी हुन् । रवि लामिछानेको आग्रह बेवास्ता गर्दै आफूले न्यायका लागि उच्च अदालत, बुटवलको ढोका ढक्ढक्याएको उनको भनाइ छ ।…