माधव नेपाल सँगै बसे वामदेव गौतम, एकीकृत समाजवादी प्रवेश गर्ने चर्चा

काठमाडौं - सरकारको नीति तथा कार्यक्रम पेस गरिने संघीय संसदको संयुक्त बैठकमा राष्ट्रिय सभाका मनोनीत सांसद वामदेव गौतम एकीकृत समाजवादी सांसदहरुको लहरमा बसेका छन् । राष्ट्रपतिबाट नीति तथा कार्यक्रम वाचन हुने बैठकको सुरुमै गौतम एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँगैको कुर्सीमा बसेका हुन् । माधव र वामदेवको पछाडि वेदुराम भुसाल, प्रकाश ज्वालालगायतका सांसद छन् । एमाले…