काठमाडौं । नेपाल विश्वविद्यालयको उपकुलपतिमा डा. अर्जुन कार्की र रजिस्ट्रारमा डा. सुरेशराज आचार्य नियुक्त भएका छन् । नेपाल विश्वविद्यालय ऐन, २०८१ बमोजिम गठित सिफारिस समितिको सिफारिसका आधारमा नेपाल विश्वविद्यालयको संरक्षक परिषद् (बोर्ड अफ ट्रष्टी) ले विश्वविद्यालयका उपकुलपतिमा कार्की र रजिष्ट्रारमा आचार्यलाई नियुक्त गरेको हो । सार्वजनिक सूचनामार्फत प्राप्त आवेदनहरूमध्येबाट सिफारिस समितिले योग्य उम्मेदवारहरूलाई संक्षिप्त सूचीमा…