यी हुन् नेपालकी पहिलो डोजर चलाउने महिला जसलाई सुरुमा काम खोज्दा ‘बहुला’ समेत भन्थे…(हेर्नुहोस् भिडियो)

काठमाडौं – १५ वर्षको कलिलो उमेरमै बाटो खन्ने, पहाड फोर्ने मुना घिमिरे श्रेष्ठ नेपालकी पहिलो डोजर चलाउने महिला भनेर चिनिन्छिन्। हाल सडक विभागको हेभी इक्विपमेन्ट डिभिजन बानेश्वरमा सिनियर अपरेटरको रूपमा कार्यरत उनी सीप भएर पनि महिला भएकै कारण निकै संघर्ष गर्नुपरेको बताउँछिन्। मुना सम्झिन्छिन्, “हाम्रो परिवारमा हामी दुई छोरी मात्रै। छोरा नभएका कारण आमाबुवालाई समाजले…