काठमाडौं - वाइड बडी विमान प्रकरणमा मुछिएका नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई कालोमोसो दल्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट युवा संगठनको सचिवालय सदस्य ३७ वर्षीय शुरेस तामाङलाई नियन्त्रणमा लिएको महाशाखाका एसएसपी धिरजप्रताव सिंहले जानकारी दिए। वाइड बडी प्रकरणमा राज्यको…