पशुपतिमा हरेकसाँझ हुने आर्यघाटको पारीपट्टी हुने आरतीसमेत बन्द, ठूला पुजाआजा कर्मकाण्डहरूसमेत

कोरोनाको संक्रमण नफैलियोस भनेर पशुपती क्षेत्रविकास कोषले आर्यघाटमा २५ भन्दा बढी मलामी नआउन सूचना जारी गरेको छ। कोषका अध्यक्ष प्रदिप ढकालका अनुसार, सरकारले कोरोनाको संक्रमण फैलिन नदिनका लागि सार्वजनिक स्थानमा २५ भन्दा बढी मानिस जम्मा नहुन गरेको सूचनाकै आधारमा मलामी संख्या पनि निर्धाण गरिएको हो। 'मलामीको संख्या २५ भन्दा बढी नल्याउन निर्देशन जारी गरिसकेका छौं,'…