नोटमा कांग्रेस र एमालेको चुनाव चिन्ह राख्न भन्दै संसदमा हरि ढकालको कटाक्ष

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले नेपाली नोटमा कांग्रेस र एमालेको चुनाव चिन्ह राख्न भन्दै कटाक्ष गरेका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा उनले दलीय भागवण्डाको आधारमा गभर्नर नियुक्त गर्न लागेर सरकारले लज्जास्पद चरित्र देखाएको टिप्पणी गर्दै राष्ट्र बैंक ऐनको उपेक्षा गरेर गभर्नर नियुक्ति गरिए अलिअलि बचेखुचेको गरिमा पनि ध्वस्त हुने चेतावनी दिए ।…