काठमाडौँ - गुल्मी जिल्लाको मदाने गाउँपालिका–४ म्यालपोखरीमा मंगलबार राति ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।बिपीचोकबाट पुर्कोटदहतर्फ जाँदै गरेको लु ३ त ७७३८ नम्बरको ट्याक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। दुर्घटनामा मदाने–४ काभ्रा निवासी २४ वर्षीय अनिल कुँवर गम्भीर घाइते भएका थिए। उनलाई उद्धार गरी जिल्ला अस्पताल तम्घास पुर्याइए पनि उपचारका क्रममा…