जडीबुटी चोकदेखि पेप्सीकोला चोकसम्मका अनधिकृत संरचना हटाउन चल्ने भो डोजर

काठमाडौँ । जडीबुटी चोकदेखि पेप्सीकोला चोकसम्मका सडक सीमा क्षेत्रका अनधिकृत संरचना हटाउन डोजर चल्ने भएको छ । सोमबार काठमाडौँ महानगरपालिका र सडक विभागले संयुक्त सूचना जारी गर्दै जडीबुटी चोकदेखि पेप्सीकोला चोकसम्म सडक सीमाका अनधिकृत संरचना हटाउन निर्देशन दिएको हो । ‘सडकको केन्द्र रेखाबाट दायाँ बायाँ दुवैतर्फ १५÷१५ मिटर सडक कायम रहेको हुँदा सरकार र स्थानीय…