काठमाडौं - कांग्रेस सांसद ईश्वरीदेवी न्यौपानेले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद र रवि लामिछानेविरुद्ध आक्रमक ढंगले प्रस्तुत भएकी छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्ने क्रममा उनले रास्वपा सभापति रविले सहकारी ठगेको स्वीकार गरिसकेको दाबी गर्दै रास्वपा सांसदलाई सुशासनको पाठ पढाउने नैतिक धरातल नभएको बताइन् । ‘केही साथीहरू भर्खरै हामीलाई लोकतन्त्र, विधिको शासनको पाठ पढाएर संसद् बहिष्कार…