काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ४ जना उज्वेकिस्तानका नागरिकलाई सुनसहित पक्राउ गरेको छ। गएराति दुबईबाट नेपाल आएका ३ महिला र एक पुरुषलाई पक्राउ गरिएको हो। विमानस्थल सुरक्षा कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरका अनुसार, आरोपीहरूले मलद्वारमा लुकाएर ल्याएको अवस्थामा ३ किलो ७४५ ग्राम सुन बरामद गरिएको हो। पक्राउ पर्ने व्यक्तिहरूमा अख्माद जानोभना दिलफुजा मारिफअलिभ, इजराइलोभना साओदत फेजिभा,…