प्रहरी प्रवक्ता आचार्य र रवि लामिछानेका वकिल पन्तको एकअर्कालाई चुनौती

सहकारी ठगीका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई हिरासतमा पठाउने उच्च अदालतको आदेशपछि शुक्रबार उनलाई पक्राउ गर्दा प्रहरीले प्रक्रिया पूरा गरे–नगरेको विषयमा प्रश्न खडा भएको छ। जिल्ला अदालत रूपन्देहीले एक करोड धरौटीमा रिहा गर्न दिएको आदेश उल्ट्याउँदै शुक्रबार साँझ उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको थियो। लगत्तै प्रहरीले रातको समयमा लामिछानेलाई…