काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आगामी निर्वाचनलाई व्यवस्थित बनाउन १२ समिति बनाउन पार्टी निकायलाई निर्देशन दिएका छन् । निर्वाचन परिचालन समितिका संयोजक शर्माले परिपत्र जारी गर्दै प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति र प्रतिनिधिसभा क्षेत्र कार्यसमितिका सभापतिलाई कम्तीमा १२ समिति बनाउन निर्देशन दिएका हुन् । आमनिर्वाचनमा पार्टी पंक्तिलाई व्यवस्थित रूपले परिचालित गर्न ती समिति गठन…