काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का सर्वोच्च अदालत पुगेका छन्। देउवा र खड्काले महाधिवेशन प्रक्रिया तथा कार्यतालिका रोक्न माग गर्दै सर्वोच्च अदालतमा छुट्टाछुट्टै पूरक निवेदन दर्ता गराएका हुन्। कांग्रेसको आधिकारिकता विवाद टुंगो नलागेसम्म महाधिवेशन प्रक्रिया अघि बढाउन नहुने उनीहरूको जिकिर छ। यसअघि पनि…