काठमाडौं । रसुवा हुँदै त्रिशूली नदीमा आएको बाढी मलेखु बजार आसपास पुगेको छ। बाढी पूर्वानुमान महाशाखाले बाढी करिब आधा घण्टामा मुग्लिन पार गर्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाले पृथ्वी राजमार्ग, मुग्लिन, नारायणगढलगायत त्रिशूली आसपासका बस्ती तथा बजार खाली गरी सुरक्षित स्थानमा जान आग्रह गरेको छ। बाढीको जोखिम बढेकाले अत्यावश्यकबाहेक यात्रा नगर्न र…