काठमाडौँ- शंखरापुर नगरपालिका(३, जरसिंह पौवास्थित हिमालयन भ्यू पोइन्ट रिसोर्टमा तास जुवा खेलिरहेको अवस्थामा ११ जनालाई प्रहरीले पक्राउ गरेको छ। आइतबार साँझ बौद्ध र साँखु प्रहरी प्रभागका टोलीले जुवातास खेल्दै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरेका थिए। पक्राउ गरिएकाहरूमध्ये केही स्थानीय नेताहरूको नाम पनि सामेल रहेको पुष्टि भएको छ। पक्राउ भएका व्यक्तिहरूबाट ५ लाख ३३ हजार २…