काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले शुक्रबारका लागि पार्टी सचिवालयको बैठक बोलाएका छन् । पतञ्जली जग्गा भ्रष्टाचारमा नेपाल धरौटीमा रिहा भएपछि एकीकृत समाजवादीको सचिवालय बैठक पहिलोपटक बस्न लागेको हो। बिहान ११ बजे पार्टी केन्द्रीय कार्यलय आलोकनगरमा बस्ने गरी सचिवालय बैठकमा सांगठनिक र समसामयिक राजनीतिक विषयमा छलफल हुने एकीकृत समाजवादीका सचिव गणेश विकले जानकारी दिए।…