प्रदीप ज्ञवाली भन्छन्– शिक्षक आन्दोलन जटिल र विचलित हुन थाल्यो

काठमाडौं । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जारी शिक्षक आन्दोलन जटिल र विचलित हुन थालेको आशंका गरेका छन् । एक महिना हुनै लाग्दा शिक्षक आन्दोलनका बेला सडकमा लागेका कतिपय नारा, अभिव्यक्ति र शैली शैक्षिक कम राजनीतिक बढी भएको उनको ठम्याइँ छ । कतिपय शिक्षकहरूका लागि विद्यालय शिक्षा विधेयक या आफ्ना पेसागत माग होइन, शिक्षामन्त्रीको राजीनामा या…