काठमाडौँ- बाराको साबिक आदर्श गाविसका सचिव आस महमद अन्सारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। साबिक आदर्श गाविस अब जीतपुरसिमरा उपमहानगरपालिका का सचिव आस महमद अन्सारीविरुद्ध भ्रष्टाचारको आरोप लागेको हो। उनले विभिन्न आर्थिक वर्षहरूमा गाविसको विनियोजित रकममा अनियमितता गरेको उजुरीका आधारमा अनुसन्धान गरिएको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार अन्सारीले ३८ लाख ३० हजार ५ सय…