दल र सरकारले वकिलको नेता छान्ने होईन: वरिष्ठ अधिवक्ता श्रेष्ठ

काठमाडौं, ३ चैत । वरिष्ठ अधिवक्ता एवं नेपाल बार एशोसिएशनको आसन्न केन्द्रीय समितिको निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार रमणकुमार श्रेष्ठले प्रधानमन्त्री र दलहरुले वकिलहरुको नेता छान्न नसक्ने बताएका छन् । चुनावी अभियानका क्रममा आज (आइतबार) सिन्धुलीमा व्यवसायिक कानुन व्यवसायी समूहमा आवद्ध कानुन व्यवसायीहरुसँगको परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै उनले डिएलए र पीपीएलए बाट संयुक्त रुपमा प्रतिस्पर्धामा रहेको…