काठमाडौं । निषेधित क्षेत्र तोड्ने राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदर्शन सकिएको छ। अध्यक्ष राजेन्द्र लिङ्ने, बुद्धिमान तामाङ, ज्ञानेन्द्र शाही, दिपकबहादुर सिंहसहितका नेता पक्राउ परेपछि प्रदर्शनकारीहरू निषेधित क्षेत्रबाट फर्किएका छन्। राप्रपाले आइतबार अपराह्न साढे ४ बजे कार्यसम्पादन समितिको आकस्मिक बैठक बोलाएको छ। प्रवक्ता मोहन श्रेष्ठका अनुसार पक्राउ परेका नेताहरूलाई आजै साँझसम्म रिहा नगरिए देशैभरि राँके जुलुस गरिनेछ।…