काठमाडौं– गत जेठमा बाराको कलैयास्थित रामराजा मोहनविक्रम शाह बहुमुखी क्याम्पसका तत्कालीन क्याम्पस प्रमुखको हत्या आरोपी पक्राउ परेका छन् । हरिभुषण कुशवाहाको हत्या आरोपमा बाराको आदर्शकोतवाल गाउँपालिका २ का ४१ वर्षीय सुरेन्द्रप्रसाद कुशवाहालाई प्रहरीले पक्राउ गरेको छ । उनी नेपाली सेनाका भगौडा तथा गाउँघरमा सबैलाई त्रसित बनाउने पृष्ठभूमिका व्यक्ति भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम्…