डिपेन्डेन्ट भिसामा युवतीहरूलाई कोरिया लान्छु भनी ठगी गरेको आरोपमा एक युवक पक्राउ

काठमाडौँ- डिपेन्डेन्ट भिसामा युवतीहरूलाई कोरिया लगायतका देशमा लैजान्छु भनी ठगी गरेको आरोपमा प्रहरीले साजन मगरलाई पक्राउ गरेको छ। साजन मगर रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका-६ का ३५ वर्षीय व्यक्ति हुन्, र हाल भक्तपुरको चाँगुनारायणमा बसोबास गरिरहेका थिए। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बाँसबारीबाट पक्राउ गरेको हो। पक्राउ परेका साजन मगरको साथबाट २१ लाख रुपैयाँ…