काठमाडौँ- महाशिवरात्रिको अवसरमा आज डोलेश्वर महादेव मन्दिरका चारै ढोका खुल्ला गरी भक्तजनहरूको लागि पूजा र दर्शनको व्यवस्था गरिएको छ। केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिका महासचिव हरिशरण बस्नेतका अनुसार बिहान ४ बजेदेखि मन्दिरको चारै ढोका खोलिएका छन् र दर्शनार्थीहरू लामबद्ध भएर महादेवको शिलामा पूजा गर्दै छन्। बस्नेतले जानकारी दिए अनुसार, महाशिवरात्रिको दिन…