दक्षिण कोरियामा सैन्य शासन लागू गर्ने प्रयास २४ घण्टा पनि टिकेन, राष्ट्रपतिविरुद्ध महाभियोगको प्रस्ताव

काठमाडौं– दक्षिण कोरियामा सैन्य शासन लागू गर्ने असफल प्रयासपछि राष्ट्रपति युन सुक योलविरुद्ध सांसद्हरुले महाभियोगको प्रस्ताव पेश गरेका छन् । प्रमुख प्रतिपक्षी दल डेमोक्रेटिक पार्टी (डीपीके) सहित ६ विपक्षी दलले राष्ट्रपति योलविरुद्ध महाभियोगको प्रस्ताव पेश गरेको छ । शुक्रबार बिहानै अविश्वासको प्रस्तावमा मतदान गर्ने तयारी रहेको त्यहाँका स्थानीय सञ्चारमाध्यमले लेखेका छन् । मंगलबार स्थानीय समयअनुसार…