मोरङ– बेलबारीमा जंगली हात्तीको बच्चा (छावा) मृत अवस्थामा भेटिएको छ । बेलबारी नगरपालिका–३ करमडाँडामा मंगलबार बिहान साढे ५ बजेतिर छावा मृत फेला परेको हो । सब डिभिजन वन कार्यालय बेलबारीका प्रमुख एवं वन अधिकृत दिपेशकुमार मिश्रका अनुसार मृत भेटिएको पोथी छावा अनुमानित २–३ वर्षको देखिन्छ । छावाको मृत्युको कारण खुल्न बाँकी रहेको प्रहरीले बताएको छ…