काठमाडौं– वर्षासँगैको बाढीले बगाउँदा बिहीबार कीर्तिपुरमा एकजनाको मृत्यु भएको छ । मच्छेगाउँ बसपार्कनजिकका सर्दय लामाको मृत्यु भएको कीर्तिपुर प्रहरीले जनाएको छ । आज बिहान देशका विभिन्न स्थानमा भारीसम्म वर्षा भएको थियो । वर्षासँगै ढलको पानी बाहिर आउन थालेपछि ढल मिलाउन जाँदा बाढीले लामालाई बगाएको थियो । बाढीले बगाएर उनलाई ढलभित्र पुर्याएको थियो । उद्धार गर्दा…