काठमाडौं– गोकर्णेश्वर नगरपालिका–१ स्थित सुन्दरीजल घुम्न गएका एक युवा मृत भेटिएका छन् । काठमाडौं महानगरपालिका–३२ काँडाघारी पेप्सीकोला बस्ने २८ वर्षीय बिबेक पौडेल मृतक अवस्थामा भेटिएका हुन् । सुन्दरीजल घुम्न गएको बेला बिहीबार साँझ घट्टेखोलामा खसेर उनी बेपत्ता भएका थिए । पौडेल वेपत्ता भएको भन्ने खबर आएपछि प्रहरी वृत्त बौद्धको घटनास्थल पुगेर खोजीमा जुटेको थियो ।…