काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संविधानले जे भनेको छ त्यही नगरिएर मनलाग्दी भइरहेको बताएका छन् । आज (बिहीबार) संविधान दिवसको अवसरमा रास्वपाद्वारा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सिस्टमलाई नटेरेर मनलाग्दी हुँदा नागरिकमा वितृष्णा बढ्दै गएको बताएका हुन् । ‘संविधानले जे भनेको हो, त्यही गर्नुपर्छ । संविधानले भनेको कुरा गर्दाखेरी भएको…