सङ्खुवासभामा यो बर्ष बाढीपहिरोबाट ४३ परिवार विस्थापित

    काठमाडौँ - सङ्खुवासभामा यो वर्षको मनसुनी वर्षा सुरु भएयता हालसम्म बाढीपहिरोका कारण ४३ परिवार विस्थापित भएका छन् । बाढीपहिरोबाट २० गोठ भत्किएका छन् । मनसुनजन्य प्रकोपबाट दुई जनाको मृत्यु हुनुका साथै ६ जना घाइते भएका छन् । सो अवधिमा बाढीपहिरोबाट ६ मोटरेबल पुलमा क्षति पुगेका छन् । विस्थापितहरू आफन्तकहाँ आश्रय लिएर बसेका छन्…