वीरभान विष्टको हत्यामा संलग्न रहेको आरोपमा १ जना पक्राउ

  काठमाडौँ - बैतडीको पाटन नगरपालिका–६ का ४५ वर्षीय वीरभान विष्टको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले आज थप एकजनालाई पक्राउ गरेका छन् । पक्राउ पर्नेमा पाटन–६ का २६ वर्षीय आशिष पहरी हुन् । प्रहरी टोलीले भागिरहेको अवस्थामा पाटन–५ कुवापानी जङ्गलबाट पहरीलाई पक्राउ गरेको प्रहरी प्रवक्ता एवं प्रहरी वरिष्ठ नायव निरीक्षक भुपाल थापाले बताएका छन् ।…