भाटभटेनीका मालिकले एमालेलाई दिएको दाने जग्गासम्बन्धी मुद्दा ‘हेर्न नमिल्ने’मा

काठमाडौं– नेकपा (एमाले) लाई व्यवसायी मिनबहादुर गुरुङले दिएको दाने जग्गाविरुद्ध सर्वोच्च अदालतमा दायर गरिएको रिट हेर्न नमिल्नेमा परेको छ । सोमबार न्यायाधीशद्वय नहकुल सुवेदी र नित्यान्द पाण्डेयको इजलासमा पेशी तोकिएको उक्त मुद्दा हेर्न नमिल्नेमा परेको हो । व्यवसायी गुरुङले एमालेलाई दान दिएको १० रोपनी १४ आना जग्गाविरुद्ध अधिवक्ता ज्ञानबहादुर बस्नेतले सर्वोच्चमा रिट दायर गरेका थिए…