प्रेमीका अन्य पुरुषसँग रहेको आशंकामा सुन्दरीजलमा धकेलेर हत्या

काठमाडौं– गत बिहीबार बिहान ९ बजे गोकर्णेश्वर नगरपालिका–१ को सुन्दरीजलको बोक्सेदहमा ढुंगामा च्यापिएको अवस्थामा शव भेटिएकी महिलाको हत्या भएको खुलेको प्रहरीले जनाएको छ । मृत भेटिएकी महिलाको महिलाको पहिचार खुलेसँगै उनको हत्या भएको खुलेको हो । उनको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउसमेत गरेको छ । मृत्यु हुने महिला सिराहा घर भई काठमाडौं महानगरपालिका–३ बसुन्धारा…