काठमाडौं– काठमाडौंको तारकेश्वर नगरपालिकाका अमिन ईश्वरचन्द्र चौलागाईं पक्राउ परेका छन् । जग्गा कित्ताकाट गर्न सिफारिस गर्ने प्रयोजनका लागि घुस लिएको आरोपमा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेके हो । सोमबार साँझ उनी पक्राउ परेको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए । उनका अनुसार नगरपालिकामा करारमा कार्यरत अमिन चौलागाईंलाई सेवाग्राहीबाट लिएको २० हजार रुपैयाँघुससहित…