गृहसचिव अर्यालले गरे सिमतलात पहिरोको स्थलगत अवलोकन

चितवन– गृहसचिव एकनारायण अर्यालले मुग्लीन–नारायणी सडक खण्डअन्तर्गतको सिमलतालमा पहिरो जाँदा दुईवटा बस बेपत्ता भएको स्थानको अवलोकन गरेका छन् । सचिव अर्यालसहितको टोलीले आइतबार सिमलताल पहिरोमा परि बेपत्ता यात्रु र बसको खोजी तथा उद्धारकार्यको स्थलगत अवलोकन गरेका हुन् । अवलोकनमा मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्टका संयोजक एवं गृह मन्त्रालय, विपद् तथा द्वन्द्ध व्यवस्थापन महाशाखाका सहसचिव…