काठमाडौं– उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको निधन भएको छ । ब्रेन ट्युमरका कारण बिरामी रहेका उनको उपचारका क्रममा निधन भएको हो । उनको निधनको शोकमा उच्च अदालत पाटनको सबै कामकारबाही बिहीबार नहुने गरी बिदा दिइएको उच्च अदालत पाटनका प्रवक्ता विमल पराजुलीले बताए । न्यायाधीश रेग्मीको पशुपति आर्यघाटमा अन्त्येष्टिको तयारी गरिएको छ । रेग्मी न्याय…