सर्लाहीको हरिवन–११ मा एक जोडीले चार दिनको फरकमा संसार त्यागेका छन्। हरिवन ११ का २१ वर्षीय रोहित बानियाँले आत्महत्या गरेको चार दिनको दिन सोही ठाउँकी २० वर्षीया प्रमिता साहले पनि आत्महत्या गरेकी प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक मुकेश ताम्राकारका अनुसार गएको शनिबार रोहितले आफ्नै घरमा आत्महत्या गरेका थिए। प्रमिताको शव आज…