काठमाडौँ महानगरपालिकाले थाल्यो डेंगी फैलाउने लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान

काठमाडौं– काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले डेंगी रोग फैलाउने लामखुट्टेको वासस्थान र लार्भा नष्ट गर्ने तथा रोगबाट बच्न सामुदायको सचेतना बढाउने अभियान थालेको छ । असार ९ बाट सबै वडाका कार्यक्रम सञ्चालन भइरहेका छन् । रोग सार्ने र महामारी फैलाउने सबै प्रजातिका लामखुट्टे पानी जमेको ठाउँमा बस्छन् । उनीहरुको प्रजनन् प्रक्रिया त्यहीँ पूरा हुन्छ । यसकारण…