‘बैंकको ऋणले थिचिएका साना किसानहरूले कुनै अप्रिय निर्णय नगरेसम्म कुर्ने हो ?’ : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले साना किसानहरूको समस्या समाधान गर्न सरकारसँग माग गरेका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘सयौंका संख्यामा साना किसानहरू कृषिमन्त्रालय धाइरहेका छन् । उनीहरू त्यहाँ पुग्छन्, रुन्छन् कराउँछन् । यी तीनै किसानहरू हुन् जसले बैंकबाट ऋण लिएर साना साना कुखुरा फर्महरू चलाएका छन् । बर्डफ्यू नियन्त्रण गर्नका लागि यी…