नेपाली कांग्रेसका सांसद चन्द्रकान्त भण्डारीले शिक्षा नीतिमा समस्या रहेको औँल्याएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद भण्डारीले शिक्षा नीतिमा सुधार गरेर व्यवहारिक र रोजगारमूलक शिक्षाको व्यवस्था गर्नुपर्ने बताएका छन् । नेपालमा धनी र गरिबले पाउने शिक्षा अलग–अलग रहेको भन्दै उनले सरकार निरीह बन्दा शिक्षा, स्वास्थ्य र नागरिकको सरोकारका हरेक क्षेत्रमा माफिया र बिचौलियाको बिगबिगी…