नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले न्याय दिने र नेतृत्व गर्ने विषयमा सर्वोच्च अदालत कमजोर हुँदै गएको टिप्पणी गरेका छन् । बुधबार प्रतिनिधि सभाको बैठकको सुरुमा नै सभामुखसँग समय लिएर बोल्दै सांसद केसीले देशको संविधानको रक्षकको रूपमा रहेको सर्वोच्च अदालत एक वर्षदेखि कायम मुकायमको नेतृत्व रहेको बताउँदै यसले पार्ने मनोवैज्ञानिक र संस्थागत असरबारे सरकार गम्भीर भएर…