ब्राजिललाई कोपा अमेरिकाको उपाधि

कोपा अमेरिका फेमेनिनाको उपाधि ब्राजिलले जितेको छ । आयोजक कोलम्वियालाई पराजित गर्दै ब्राजिल लगातार चौथोपटक च्याम्पियन बनेको छ। घरेलु टोली कोलम्वियालाई १–० ले पराजित गर्दै ब्राजिल सर्वाधिक ८ पटक कोपा अमेरिका फेमेनिनाको च्याम्पियन बनेको हो । ब्राजिल लगातार नवौपटक फाइनलमा प्रवेश गर्दा आठपटक च्याम्पियन बनेको छ । ब्राजिल पाँचौं संस्करणमा अर्जेन्टिनासँग पराजित भएको थियो ।…