‘ नेपाली सेनाको विभिन्न आयोजनाहरुलाई समयमै सक्न रक्षामन्त्रालयले सक्दो सहयोग गर्ने ‘ : रक्षामन्त्री हरिप्रसाद उप्रेती

रक्षामन्त्री हरिप्रसाद उप्रेतीले मुलुकलाई विभाजनतर्फ धकेल्न सक्ने आन्तरिक तथा बाह्य सुरक्षा चुनौतीको सूक्ष्म विश्लेषण गरी आफूलाई सदैव तयार राख्न नेपाली सेनालाई निर्देशन दिएका छन् । पृतनापति समन्वयात्मक बैठकको उद्घाटनमा बोल्दै उप्रेतीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबाट उत्पन्न हुन सक्ने सुरक्षा खतरा र चुनौतीसँग राष्ट्रिय एकतामा विग्रह ल्याउन, देशलाई अस्थिरतामा धकेली जनतामा डर र त्रासको वातावरण सृजना…