घर फर्किएका आठ जनामा फेरी कोरोना भेटियो !

कर्णालीका ८ जनामा फेरी कोरोना भाइरस (कोभिड–१९) संक्रमण पोजेटिभ देखिएको छ । आइसोलेसनमा बसेर निको भई घर फर्किएका जुम्ला र दैलेखका ४/४ जनालाई पुनः पोजेटिभ देखिएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख अस्पताल प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा बुधबार ८ जनामा पुनः पोजेटिभ देखिएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण…