जेनजी पुस्ताको आन्दोलनसामु झुक्यो सरकार, सामाजिक सञ्जाल खुल्यो

काठमाडौं - जेनजी पुस्ताको आन्दोलनसामु सरकारले घुँडा टेकेको छ । सोमबार दिउँसोदेखि सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध खुलेको छ । जेनजी पुस्ताको आन्दोलनले सरकारकै वैधता सकिएको भन्दै प्रधानमन्त्रीकै राजीनामा मागेपछि सरकारले प्रतिबन्ध लगाइएको सामाजिक सञ्जाल खुला गरेको हो । प्रधानमन्त्री केपी ओलीले सोमबार मन्त्रिपरिषदको बैठक बोलाएका थिए । बैठकले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय…