काठमाडौं - नेपाली कांग्रेसका सभापति गगन थापाले प्रतिनिधिसभा निर्वाचनका लागि आइतबार उम्मेदवार टुंगो लगाइने बताएका छन् । आज बिहान सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै थापाले उम्मेदवार छनोटको अन्तिम चरणमा रहेको भन्दै आज दिनभरमा सबै टुंगो लगाउने बताएका हुन् । ‘आज दिनभरिमा सबै कुरा टुंग्याउँछौं । सकेसम्म यसलाई राम्रो बनाउन बेष्ट कोसिस गर्छौं,’ थापाले भनेका…