सार्वजनिक कार्यक्रममा आज पहिलोपटक देखिँदै ओली, एमालेको राष्ट्रिय कार्यशाला उद्घाटन गर्ने

काठमाडौं l नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली २१ फागुनको प्रतिनिधिसभा निर्वाचनपछि आज पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुँदैछन्। उनी एमाले केन्द्रीय संगठन विभागद्वारा आयोजित दुईदिने राष्ट्रिय कार्यशालाको उद्घाटन गर्न काठमाडौंको कार्की बैंक्वेट पुग्ने कार्यक्रम छ। बिहान ११ बजे सुरु हुने कार्यशालाको उद्घाटन ओलीले गर्ने तय भएको एमाले प्रचार विभाग प्रमुख निरज आचार्य ले जानकारी दिए।…